Thursday, August 21, 2025
Date
बिहि, भदौ ५, २०८२
Thu, August 21, 2025
Radio Shepherd
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Radio Shepherd
No Result
View All Result
Home Uncategorized

Radio Shepherd by Radio Shepherd
३ वर्ष अगाडि
in Uncategorized
0
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

के हो चासोक तङ्नाम ?

बिहीबार, २२ मंसिर २०७९,

You might also like

बनेपा प्याब्सनकाे आयाेजनामा अन्तर स्कूल एकल नृत्य प्रतियोगिता २०७९ सम्पन्न …

शिक्षादीप कलेजका विद्यार्थीले देखाए जलबायु परिर्वतनको रिसर्च डकुमेन्ट

धरानमा एकल महलिा उषा राईको हत्यामा संलग्न चार जना पक्राउ

लिम्बू समुदायले महान् चाडको रुपमा मनाउँदै आएको चाड हो चासोक तङ्नाम । चासोक तङ्नाम (न्वागी पूजा) अर्थात् उधौली पूजा पनि भन्ने गरिन्छ । उधौली याममा बालीनाली भित्र्याउने बेलामा यो पर्व सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक भन्नाले उब्जाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने तङ्नाम भनेको पर्व हो ।

लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । लिम्बूहरूलाई उनीहरूकै भाषामा याक्थुङ्वा भनेर चिनाउने गरेका छन् । किराँत समुदायअनुसार मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको र अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ ।

WOW 250*250

लिम्बू जातिको मुन्धुममा उल्लेख भएअनुसार कृषि युग सुरु हुनु अघि लिम्बूका आदिम पुर्खा सावा येत्हाङले कन्दमुल काँचै खाएर जीवनयापन गर्दथे, जसले गर्दा उनीहरु कुपोषण र अनेक रोगव्याधीको शिकार हुन्थे । यी समस्या समधानको विकल्प खोजीमा सर्वशक्तिमान तागेरानिङवाभु माङसँग प्रार्थना गर्दथे । यही प्रार्थनाले गर्दा नै उनीहरूले पेनारमाङदःक (कोदो), परामा (कोदोसँग उम्रने फल्ने), ताक्मारु (घैया), तुम्री (जुनेलो) आदि बीउबिजन तागेरानिवाभु माङले उपलब्ध गराइदिए ।

यसरी धान र अन्नका बीउबिजन पाएपछि लिम्बू जातिको आदिम पुर्खा सावायेहाङका चेली सिबेरा एःक्थुम्माले काठको खन्ती, अङ्कुसे आदिको प्रयोग गरी भस्मे फाँडेर बीउबिजन रोपी छरी अन्न फलाइन् । यसरी छरपोख गरी उब्जाएर खानुभन्दा अगाडि माङहरु (देवीदेवता)लाई चडाउने प्रचलन बसाले, यसैलाई चासोक (न्वागी) पूजा भनियो ।

मनुष्यलाई खेतीपाती सिकाउने देवीका रुपमा येत्हाङका चेला सिबेरा एःक्थुक्मा सिबोरा याभुङगेम्मा हुन् भनी लिम्बू जातिले मान्दछन् । यीनै कथनअनुसार माङहरुलाई अन्नबाली पाकेपछि चढाएर मात्र ग्रहण गर्ने परम्परा रहिआएको पाइन्छ । आफूले लगाएको बालीनाली पाकेपछि माङहरुलाई चढाएपछि खाने र रमाउने चाडको रुपमा लिइएको पाइन्छ । सम्पूर्ण देवीदेवता तथा प्रकृतिको पूजा गर्ने क्रममा तीनराते धार्मिक अनुष्ठान (तङसिङ) पनि गर्ने गरिन्छ ।

आफूले उब्जाएको अन्नबाली देवीदेवतालाई नचढाइ खाएमा धताउने, बौउलाउने, रगत छदाउने, कुन्जे सापे बनाउने, सोला हान्ने, जिउ सुकेर जाने, गाँड निस्कने, आँखा दुखाउने (अन्धो बनाउने), कान दुखाउने (बहिरा बनाउने) जस्ता भयवह रोगव्याधिले दुःख पाइन्ने लिम्बू जातिमा विश्वास रहिआएको छ ।

यतिबेला लिम्बू समुदाय बसोबास रहेको माथिल्लो पहाडी क्षेत्रको बारी नै भरि पैँयु फुलेको छ । यसरी पैँयु फुलेको समयलाई लिम्बूहरूले उधौली याम (दक्षिणायन) सुरु भएको सङ्केतको रुपमा मान्छन् । उधौली सुरु भएपछि माछा, चराचुरुङ्गी दक्षिणतिर लाग्दछ । खास गरेर जाडो छेक्नलाई यसो गरिएको हो भन्ने गरिन्छ ।

यही समयमा हिमाली भागमा हिँउ पर्ने भएकाले उच्च पहाडी भाग तथा हिमाली भेगको खर्कतिर लगिएको गाईगोठ पनि तल बस्तीतिर झारिने गरिन्छ, जसलाई उद्यौली झारिएको भन्ने गरिन्छ । यिनै गाईगोठलाई हिउँदोभरी खेतबारीमा मलजल गराई पुनः वैशाख महिनामा उकालो लगिइन्छ, जसलाई उभौली भन्ने गरिन्छ ।

जुन समयमा खेतबारीमा अन्न लगाउने समय भएको हुन्छ । प्रकृतिक पूजक लिम्बूहरूले यो समयमा पनि आफूले लगाएको अन्नबाली सप्रियोस् भनी देवीदेवतासँग प्रार्थना गर्ने गर्छ । जसलाई यक्वा पूजा (उभौली पूजा) भन्ने गरिन्छ । र यिनै देवीदेवताको आर्शिवादले फलाएको उब्जाएको अन्नबाली चढाउने पूजालाई चासोक भनेर मान्ने गरिन्छ ।

हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरु हुने चासोक तङ्नाम (न्वागी पूजा) अर्थात् उधौली सुरु भएको छ । चासोक तङ्नामलाई लिम्बूहरूले परिश्रमको फल खाने उपयुक्त समय मानी ‘तागेरा निङ्वा युमालाई’ चडाएर पूजाअर्चना गरी खाने चलन छ । यो पर्व प्रत्येक वर्ष संसारभरी छरिएर रहेका भूमिपुत्र भेला भएर विशेष पूजाअर्चना गरी मनाउने गरेका छन् ।

Previous Post

शिक्षादीप कलेजका विद्यार्थीले देखाए जलबायु परिर्वतनको रिसर्च डकुमेन्ट

Next Post

सर्वाेच्चको अन्तरिम आदेश :महासचिवको पत्र तत्काल कार्यान्वयन नगर्नू

Radio Shepherd

Radio Shepherd

Related Posts

Uncategorized

बनेपा प्याब्सनकाे आयाेजनामा अन्तर स्कूल एकल नृत्य प्रतियोगिता २०७९ सम्पन्न …

by Radio Shepherd
३ वर्ष अगाडि
Uncategorized

शिक्षादीप कलेजका विद्यार्थीले देखाए जलबायु परिर्वतनको रिसर्च डकुमेन्ट

by Radio Shepherd
३ वर्ष अगाडि
Uncategorized

धरानमा एकल महलिा उषा राईको हत्यामा संलग्न चार जना पक्राउ

by Radio Shepherd
३ वर्ष अगाडि
Uncategorized

बिधालयले विधार्थीको मनिटर छनोटको लागी विधार्थीहरुलाई नै प्रत्यक्ष उमेदवर बनाई निर्वाचन

by Radio Shepherd
३ वर्ष अगाडि
Uncategorized

प्रतिनिधिसभाका १६५ मध्ये १६४ स्थानको परिणाम सार्वजनिक

by Radio Shepherd
३ वर्ष अगाडि
Next Post
सर्वाेच्चको अन्तरिम आदेश :महासचिवको पत्र तत्काल कार्यान्वयन नगर्नू

सर्वाेच्चको अन्तरिम आदेश :महासचिवको पत्र तत्काल कार्यान्वयन नगर्नू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

California Fires: This Is What Happens When You Breathe In Smoke

३ वर्ष अगाडि

शिक्षादीप कलेजका विद्यार्थीले देखाए जलबायु परिर्वतनको रिसर्च डकुमेन्ट

३ वर्ष अगाडि

Don't miss it

Uncategorized

बनेपा प्याब्सनकाे आयाेजनामा अन्तर स्कूल एकल नृत्य प्रतियोगिता २०७९ सम्पन्न …

३ वर्ष अगाडि
इटहरीमा पैनी माथी बनेको संरचना भत्काउन मेयर हेमकर्ण पौडेलको निर्देशन
राजनीति

इटहरीमा पैनी माथी बनेको संरचना भत्काउन मेयर हेमकर्ण पौडेलको निर्देशन

३ वर्ष अगाडि
विश्वकप फुटबल : क्राेएसियालाई पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश
खेलकुद

विश्वकप फुटबल : क्राेएसियालाई पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश

३ वर्ष अगाडि
विराटनगरलाई डुबान मुक्त बनाउन एसियाली विकास बैंकको सहयोगमा सम्भाव्यता अध्ययन सुरु
राजनीति

विराटनगरलाई डुबान मुक्त बनाउन एसियाली विकास बैंकको सहयोगमा सम्भाव्यता अध्ययन सुरु

३ वर्ष अगाडि
चर्को ब्याजदरको  विरोधमा निर्णायक आन्दोलनको तयारी
विविध

चर्को ब्याजदरको  विरोधमा निर्णायक आन्दोलनको तयारी

३ वर्ष अगाडि
प्रदेश १ : एमाले संसदीय दलको नेतामा दुई जनाकाे दाबी
राजनीति

प्रदेश १ : एमाले संसदीय दलको नेतामा दुई जनाकाे दाबी

३ वर्ष अगाडि

About Us

Radio Shepherd 88.4 Mhz
Email: info@radioshepherd.com.np
www.radioshepherd.com.np

Contact us

Bakhundol, 28 Kilo bata KU Jane bato, Pani Tanki, Dhulikhel, Kavre, Nepal

Call : 9841308807, 9813631800, 9863192619, 9841310423

For Chitwan FM

Deep chock, Bharatpur Metropolitan, Chitwan, Nepal

Call : 9841308807

Find us Here

© 2022 Radio Pariwartan All Rights Reserved. Hosted by TooFan Communication Network

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Radio Pariwartan All Rights Reserved. Hosted by TooFan Communication Network